पोखरामा भेटियो वृद्धाको शव, पहिचान भएन
पाेखरा | मंसिर १५, २०८०
पोखरा: पोखरामा बेवारिशे अवस्थामा एक वृद्धाको शव भेटिएको छ ।
अचेत अवस्थामा भेटिएकी वृद्धालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेवारिशे अवस्थामा भेटिएका वृद्धाको शवको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–३ पालिखेचोकमा हिजो (बिहिबार) बेलुका अचेत अवस्थामा फेला परेकी अन्दाजी ६० वर्षीय वृद्धालाई उद्धार गरी उपचारको क्रममा पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
वृद्धाको शवलाई अहिले पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

